काठमाडाैँ । कर्णाली प्रदेशको निर्वाचन सुरक्षा बुझ्न मुख्यसचिव शङ्करदास बैरागी नेतृत्वको उच्च अधिकारीहरूको आज टोली कर्णालीमा पुगेको छ । निर्वाचन अनुगमन तथा सुरक्षाको व्यवस्थाको अवस्था बुुझ्न मुख्य सचिव बैरागी, गृहसचिव विनोदप्रकाश सिंह, रक्षासचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देलसहितको टोली कर्णालीमा नेपाली सेनाको हेलिकप्टरमा जुम्ला पुगेको हो ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले सचिवहरुको टोलीले जुम्लामा निर्वाचन र सुरक्षाको तयारीका विषयमा जिल्ला सुरक्षा समितिसँग छलफल तथा आवश्यक निर्देशनसमेत गरेको बताए । उनका अनुसार नेपाली सेनाको २४ नं वाहिनी जुम्लामा कर्णाली र जिल्लाको निर्वाचन तयारी तथा सुरक्षाको विषयमा छलफल सम्पन्न गरेको हो ।
छलफलमा नेपाली सेनाको २४ नं वाहिनीका वाहिनीपति रामचन्द्र केसीले साबिक कर्णालीको पाँच जिल्लाको सुरक्षा अवस्था र तयारीको तथा प्रमुख जिल्ला अधिकारी केशरीले जुम्ला जिल्लाको सुरक्षा अवस्था र तयारीबारे जानकारी गरेको जनाइएको छ ।
छलफलका क्रममा मुख्य सचिव बैरागीले अहिले सरकारको लक्ष्य नजिकिँदै गरेको निर्वाचन भएकाले जिल्लामा स्थानीय प्रशासनसहित सबै सुरक्षा निकायका प्रमुखलाई समन्वय सहकार्य गरेर अगाडि बढ्न निर्देशन गर्नुभएको प्रजिअ केसरीले जनाए । नेपाल सरकारको उच्चस्तरको सरकारी टोलीले निर्वाचन र सुरक्षाका विषयमा आवश्यक निर्देशनसमेत गरेको प्रशासनले जनाएको छ ।
नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाका अनुसार मुख्य सचिवसहितको उच्चस्तरको सरकारी अधिकारीहरूको टोली जुम्ला, हुम्ला हुँदै मुगु बस्ने तालिका रहेको छ । उनका अनुसार सोमबार उक्त टोली निर्वाचनको अनुगमन गर्न सुदूरपश्चिम प्रदेशतिर लाग्ने तालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ कार्तिक २०७९, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले पुनः सुरु गर्यो मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य
राष्ट्रिय दलको मान्यता पाउन संघमा तीन प्रदेशको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव
मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु गर्ने आयोगको निर्णय
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
कीर्तिपुर र काठमाडौं-१६ मा निर्वाचन आयोगले खटायो अनुगमन टोली