काठमाडौं । हाल देशको मौसममा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । सोही प्रदेशको बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस्तै हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ कार्तिक २०७९, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
नेपालमा प्रवेश गर्यो मनसुन, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना