टी–२० विश्वकपको फाइनल : उपाधिका लागि आज पाकिस्तान र इङ्ल्यान्ड भिड्दै

एजेन्सी

आइतबार, २७ कार्तिक २०७९, ०७ : ४४
टी–२० विश्वकपको फाइनल : उपाधिका लागि आज पाकिस्तान र इङ्ल्यान्ड भिड्दै

एजेन्सी । आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार पाकिस्तान र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।  अस्ट्रेलियाको एमसीजी संगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ।

पाकिस्तान सेमिफाइनलमा न्यूजिल्याण्डलाई पराजित गर्दै फाइन प्रवेश गरेको थियो। यस्ते, इङ्ल्यान्डले भारतलाई पराजित गरेर फाइलमा स्थान बनाएको थियो। पाकिस्तान र इङ्ल्यान्डले यसअघि १र१ पटक विश्वकपको उपाधि जितेका छन् ।

पाकिस्तानले सन् २००९ मा श्रीलंकालाई फाइनलमा हराएर विश्वकपको उपाधि जितेको थियो। यस्तै, इङ्ल्यान्डले सन् २०१० मा अस्ट्रेलियालाई हराएर टी–२० विश्वकपको उपाधि जितेको थियो। 

प्रतिक्रिया दिनुहोस