झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनको पक्षमा देशभर जनलहर बढिरहेको बताएका छन् । शनिबार मेचीनगर तथा बुद्धशान्तिका विभिन्न वडामा मतदाता भेटघाटमा झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहेको शर्माले आफूहरु जितको नजिक पुगेको बताएका हुन् ।
मेचीनगर–८ स्थित पालिया गंगा टोलमा आयोजित घरदैलो कार्यक्रम पछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै शर्माले निर्वाचनमा प्रतिष्पर्धा हुनु स्वाभाविक र सामान्य रुपमा लिएको तर निर्वाचनलाई रेस्लीङको रुपमा नभएर गठबन्धनले उत्सवको रुपमा लिएको बताए । ‘सुसंस्कारित व्यवहार गर्नु पर्छ । हामी मञ्चबाट नकारात्मक कुरा गर्दैनौं’ शर्माले भने, ‘एमालेले पनि सकारात्मक सोचको विकास गर्न सकोस् ।’
शर्माले यस क्षेत्रलाई संस्कारित क्षेत्रको रुपमा विकास गर्नु पर्ने बताए । उनले भने, ‘मैले निर्वाचन हार्दा विजेतालाई फूलको माला लगाएँ र बधाई दिँए, विष्णु प्रसाईले मेयरमा हार्दा पनि बिमल आचार्यलाई फूलको माला लगाई दिएँ । शर्माले भने, यो क्षेत्र जित्दा पनि मस्कुराउने र हार्दा पनि मुस्कुराउने क्षेत्र हो । उनले प्रतिष्पर्धी मित्रलाई चुनावको बेला अध्यारो अनुहार नलगाउन र धारेहात नगर्न सुझाए ।
शर्मा अभियानमा गाउँ(गाउँ पुग्दा मतदाता जेष्ठ नागरिदेखि युवाहरुले जितको लागि शुभकामना दिँदै फूलको माला र अविरको टिका लगाई हौसला प्रदान गरेका छन् । ‘हामी यसपटक निर्वाचन भारी मतका साथ जित्दैछौं’ शर्माले मतदातालाई विश्वस्त पार्दै भने, ‘हामी अर्जुन दृष्टि अभियानका साथ अघि बढेका छौं यसपटक कसैले रोक्न सक्दैन ।’
शर्मालेएमाले सहित सबै दलले गठबन्धनलाई सहयोग गर्ने विश्वास व्यक्त गरे । प्रदेश (क) मा शर्मा र गोपाल तामाङ र प्रदेश (ख)मा उम्मेदवार श्यामवीर लिम्बूले घरदैलो गरेका छन् । प्रचार टोलीले मेचीनगर(७, ८, ९, ३, र बुद्धशान्ति(४ का बिभिन्न टोलमा घरदैलो गरेको छ ।
अभियानमा काँग्रेस झापाका जिल्ला कार्यवाहक सभापति केशवराज पाण्डे, मणि कुमार उप्रेती, नगर सभापति सुदय पनेरु, माओदावी केन्द्रका नेता प्रकाश भण्डारी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ कार्तिक २०७९, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी समूहबिच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा
फागुन २१ को चुनाव यी २ कारणले सर्न सक्छ : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशनको माग बेवास्ता गरिए राजीनामा दिन्छु : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव
‘फरक मत आउनु स्वाभाविक, कसैले धूप हाल्दैमा काँग्रेस फुट्दैन’ : विश्वप्रकाश शर्मा