काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एमालेले ३० वर्षमा गर्न नसकेको काम आफूले ४ महिनामा पुरा गरेको दाबी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा धराने जनताले मेयर छान्न नजानेको भनेर अभिव्यक्ति दिएपछि साम्पाङले आक्रोश पोख्दै आएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेयर छान्न जानेनौँ भनेर धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई चुनौतीदिने र अपमानित गर्नेलाई के थाहा उसको पार्टीले ३० वर्षमा गर्न नसकेको काम ४ महिनामा पूरा गरेको छ हर्कले ।’
स्वतन्त्र उम्मेदवारी दिएर गएको स्थानीय तह निर्वाचनमा विजयी बनेका हर्कले धरानबासीलाई पानीको सुविधा दिइछाड्ने मुख्य बाचा गरेका छन् भने त्यसका लागि उनी लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ कार्तिक २०७९, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङले बोलाए पदाधिकारी बैठक
‘सुकुमवासीप्रति सरकारले निरंकुश चरित्र देखायो, पहिले पुनर्वासको व्यवस्था होस्’ : हर्क साम्पाङ
उचित विकल्प विना सुकुमबासीलाई हटाउनु राज्य आतंक : हर्क साम्पाङ
सुदन किरातीलाई पद दिनेबारे आधिकारिक निर्णय भएको छैन: हर्क साम्पाङ
पद छाडेर मार्ग प्रशस्त गर्न गृहमन्त्री गुरुङलाई हर्क साम्पाङको सुझाव
हर्क साम्पाङले लेखे सरकारलाई पत्र