काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एमालेले ३० वर्षमा गर्न नसकेको काम आफूले ४ महिनामा पुरा गरेको दाबी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा धराने जनताले मेयर छान्न नजानेको भनेर अभिव्यक्ति दिएपछि साम्पाङले आक्रोश पोख्दै आएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेयर छान्न जानेनौँ भनेर धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई चुनौतीदिने र अपमानित गर्नेलाई के थाहा उसको पार्टीले ३० वर्षमा गर्न नसकेको काम ४ महिनामा पूरा गरेको छ हर्कले ।’
स्वतन्त्र उम्मेदवारी दिएर गएको स्थानीय तह निर्वाचनमा विजयी बनेका हर्कले धरानबासीलाई पानीको सुविधा दिइछाड्ने मुख्य बाचा गरेका छन् भने त्यसका लागि उनी लागिपरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ कार्तिक २०७९, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको पार्टीले पायो आधिकारिकता
हर्क साम्पाङले दल दर्ताका लागि गरे सनाखत
हर्क साम्पाङले मागे सुशीला कार्कीको राजीनामा
धरान पुगेर रोए हर्क साम्पाङ
हर्क साम्पाङले बोलाएको कार्यपालिका बैठक आज बस्दै
धराने जनतालाई बीमाबाट वञ्चित नगर्न आग्रह गर्दै बीमा बोर्डलाई हर्क साम्पाङको पत्र