चिकित्सा शिक्षण कलेज सञ्चालन गर्छु : शेखर कोइराला

सफल खबर संवाददाता

शुक्रबार, २५ कार्तिक २०७९, २० : ५५
चिकित्सा शिक्षण कलेज सञ्चालन गर्छु : शेखर कोइराला

मोरङ । कांग्रेस नेता डा. शेखर कोइरालाले मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालयमा रहेको चिकित्सा शिक्षण कलेज सञ्चालन गर्ने बताएका छन्। सुन्दरहरैंचा २ स्थित लालवस्ती टोलमा शुक्रबार आयोजित घरदैलो कार्यक्रममा मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका डा. कोइरालाले निर्वाचनमा विजयी भएसँगै विश्वविद्यालयभित्र रहेको चिकित्सा शिक्षण कलेज सुरु गर्ने बताए।

त्यसैगरी, नेता कोइरालाले गछिया खोलाले सुन्दरहरैचाका स्थानीयलाई धेरै दुःख दिएकोमा चिन्ता व्यक्त गरे।उनले निर्वाचनमा विजयी भएपछि खोलामा तटबन्ध बनाउँदै जनताको रक्षा गर्ने बताए। कोइरालाले अर्काे प्रसंगमा सुशासनबिनाको समृद्धि कल्पना गर्न नसकिने उल्लेख गरे।

उनले चुनावपछीको गठबन्धन नेतृत्वको सरकारले सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्य गर्ने र मुलुकमा समृद्धि कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। घरदैलो कार्यक्रममा स्थानीयले उम्मेदवार कोइरालासँग खानेपानी, खोलामा तटबन्धन, स्वास्थ्योपचार, सडक निर्माणलगायत माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस