गठबन्धन सरकारले देश दुर्घटना हुनबाट बचायोः मन्त्री पौडेल

सफल खबर संवाददाता

शुक्रबार, २५ कार्तिक २०७९, २० : ५०
गठबन्धन सरकारले देश दुर्घटना हुनबाट बचायोः मन्त्री पौडेल

बागलुङ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा शुक्रबार आयोजित घरदैलो अभियान तथा कोण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले देशलाई दुर्घटनाबाट बचाउन बाम लोकतान्त्रिक गठबन्धन भएको बताए।

“नेकपा एमाले केपी ओलीले आफनो स्वार्थमा संविधान मिचेर दुई तिहाइको सरकारलाई थिचोमिचो पारेर पश्चगमनको दिशा रोज्ने काम गर्नुभयो,” उनले भने, “अहिले गठबन्धनको सरकारले देश दुर्घटना हुनबाट बचाएको छ ।”

अहिले नेकपा एमालेका अध्यक्ष राजावाादी तत्वसँग लागेर देशमा बहुदलीय व्यवस्था, जनताको बलीदानीबाट प्राप्त उपलब्धि मास्न लागेको आरोप लगाए।उनले बागलुङका ६ वटै सिट गठबन्धनको पक्षमा रहेको भन्दै औपचारिक नतिजाका लागि निर्वाचन मिति कुर्नुपर्ने बताए।

मध्यपहाडी लोकमार्ग निर्माण पूरा नभएको ठाउँमा कालोपत्रेका लागी पहल, केन्द्रीय विधुत् प्रसारण लाईन गाउँगाउँमा पुर्‍याउने, शिक्षा, सडक, स्वास्थ्य लगायत धेरै विकास निर्माण मध्यकेही काम भइसकेको र अबको पाँच वर्षमा मध्यपहाडी लोकमार्ग सडक कालोपत्रे, सालझण्डी ढोरपाटन सडक खण्ड कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ गठवन्धनका उमेद्वार दोर्ण कुमार कुवंरले जनताको समस्यामा आफू पाँच वर्षमा सारथी बनेर उभिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस