सहकारीहरु नागरिक मैत्री बन्नुपर्छ : उप प्रमुख अधिकारी

सफल खबर संवाददाता

शुक्रबार, २५ कार्तिक २०७९, ११ : १५
सहकारीहरु नागरिक मैत्री बन्नुपर्छ : उप प्रमुख अधिकारी

चितवन । भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले सहकारीहरु नागरिक मैत्री बन्नु पर्ने बताएका छन । चितवनका सहकारीहरु अझै पनि नागरिक मैत्री बन्न सकेका छैनन उप प्रमुख अधिकारीले भने, सहकारीको जन्म जिल्ला चितवन भएपनी त्यसको साख जोगाउन र नागरिक मैत्री बन्न नसक्नु निकै दुःखद् क्षण भएको प्रष्ट पारे । हिमाली ब्राह्रमी महिला बचत तथा ऋण सहकारी सस्थाले शुक्रबार भरतपुरमा आयोजना गरेको प्रोबेसन नारायणी कलस्टर दोस्रो समुहको नबौ कार्यकुशलता तथा सिकाइ ब्यबस्थापन कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उप प्रमुखले यस्तो धारणा राखेका हुन । केही सहकारीहरुको बदमासी कै कारण सहकारी क्षेत्रले आफ्नो पहिचान गुमाउँदै गएको छ उनले भने, सहकारीहरुले सहकारीको मुल्य मान्यता र निति भन्दा बाहिर गएर सन्चालन भएकै कारण धरायसी हुने अवस्था आएको उप प्रमुखको टिप्पणी थियोे । 

गोष्ठीमा मगलपुर साकोस, सिद्विबिनायक साकोस, एभरेस्ट साकोस, पुष्पान्जली साकोस, फेन्सी साकोसा,प्रेरणा साकोस, सगुन साकोस, अथर्व साकोस, सजिलो साकोस, र हिमाली ब्राह्रमी साकोसका प्रतिनिधिहरुले छुट्टाछुट्टै सस्थागत प्रस्तुतीकरण गरेका थिए ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी सघको प्राबिधिक सहयोग रहेको गोष्ठीमा हिमाली ब्राह्रमी महिला बचत तथा ऋण सहकारी सस्थाका उपाध्यक्ष मिना कुमारी पाण्डे ढकाल , नेफस्कुन सन्चालक बिद्या  कोइराला लगाएतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस