माल्दिभ्समा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु

एजेन्सी

विहीबार, २४ कार्तिक २०७९, १९ : ११
माल्दिभ्समा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु

माल्दिभ्स। माल्दिभ्सको राजधानी मालेको एक कार ग्यारेजमा बिहीवार बिहान आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।भवनको भूइँ तलामा रहेको ग्यारेजमा आगलागी भएको थियो भने भवनको पहिलो तल्लामा केही आप्रवासी कामदार रहेका थिए ।

प्रहरीका अनुसार ती कामदार बंगलादेश, भारत र श्रीलंकाका नागरिक हुन् ।भवनमा आगलागी भएपछि दमकल घटनास्थलमा पुगेको र आगो निभाउन केही घण्टा लागेको बताइएको छ । 

फायर एन्ड रेस्क्यु सर्भिसका अनुसार घटनामा १० जनाको मृत्यु भएको छ भने २८ जनालाई भवनबाट सकुशल उद्धार गरिएको छ । उनीहरूका अनुसार भवनबाट फेला परेका शवहरू अनुहार चिन्न नसकिने गरी जलेकाले मृतकको पहिचान गर्न गाह्रो भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस