विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी मंसिर ४ गतेपछि गठबन्धनको सरकार बन्ने दावी गरेका छन।
आज (बुधबार) मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका छन । उनले गठबन्धनको सरकारले मात्र मुलुकलाई निकास दिने जिकीर समेत गरे । अहिले विराटनगरमा देखिएको ढल, सडक निर्माण, खानेपानी र सिंचाई जस्ता समस्याबाट आजित सर्वसाधारणका समस्यालाई निराकरण गर्ने पनि उनको भनाइ थियो ।
कांग्रेस नेता कोइरालाले स्थानीय स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गरेर प्रभावकारी स्वास्थ्य सेवा प्रदायक संस्था बनाउने र जेष्ठ नगारिकलाई घर–घरमै स्वास्थ्य सेवा पुर्याउने आश्वासन समेत दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ कार्तिक २०७९, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइरालालाई रवीन्द्र मिश्रको पत्र -यस्तो पाराले राजनेता भइन्छ ?
सिमरा घटनाप्रति शेखर कोइरालाको चिन्ता- संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ
कांग्रेसको विवाद मिलाउन शेखर कोइरालाको नयाँ फर्मुला
कांग्रेसकै ऊर्जा भर्न हस्ताक्षर अभियान भएको हो : शेखर कोइराला
समयमै चुनाव हुने अपेक्षा लिएका छौं: शेखर कोइराला
खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ : डा. शेखर कोइराला