काठमाडौं । केही दिनदेखि सुदूरपश्चिममा रहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा बुधबार दार्चुला र बैतडीमा हुने चुनावी सभामा सहभागी हुने भएका छन् । सोही सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने बताइएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवाले बुधबार बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए। सोही दिन कैलालीको निर्वाचन क्षेत्र ३ को सुख्खडमा हुने चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ ।
कांग्रेस नेतृत्वको गठबन्धनले बैतडीको प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरले र दार्चुलाको प्रतिनिधिसभामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूलाई टिकट दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ कार्तिक २०७९, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा, ओली र प्रचण्डलाई भेट्दै संचारमन्त्री खरेल
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई छलफलमा
देउवा प्रतिनिधि सभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस
देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो
देउवा र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल