झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ ले मुलुकको नेतृत्व गर्ने बताएका छन् । झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका उनले चुनावी अभियानका क्रममा मेचीनगर–६ नवप्रवेशी कार्यकर्तालाई स्वागत गर्दै त्यस्तो बताएका हुन् ।
सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना कांग्रेसमा प्रवेश गरेका थिए । ‘मुलुकको नेतृत्व झापा क्षेत्र नं १ ले गर्छ’, उनले भने, ‘त्यसका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन म अपिल गर्छु ।’
चुनावी अभियानकै क्रममा नयाँ कार्यकर्तालाई स्वागत गर्न पाउँदा गठबन्धनलाई थप ऊर्जासँगै सफलता मिलेको उल्लेख गरे झापा क्षेत्र नम्बर १ लोकतान्त्रिक–वाम गठबन्धनले घरदैलो अभियानलाई तीव्र पारेको छ । झापा क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत प्रत्यक्षतर्फ प्रतिनिधिसभामा सदस्यमा शर्मा, प्रदेशसभामा गोपाल तामाङ र श्यामविर लिम्बू चुनावी मैदानमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ कार्तिक २०७९, २१ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा