पारस 'सरकार'को जयजयकार !

पत्रपत्रिकाबाट

आइतबार, १० असार २०७५, ०८ : ०४
पारस 'सरकार'को जयजयकार !

हिरोको खोजीमा भौँतारिरहन्छन्, नेपाली । भनेजस्तो नभेटिए भिलेनलाई नै हिरोको कोटिमा राख्न कन्जुस्याइँ गर्दैनन् ।

उदाहरण पुर्वराज पारस शाह नै छदैछन् । यी भुपु श्री ५ काठमाडौंमा ट्राफिक प्रहरीबाट रु पाँच सयको चिट काटिएर चर्चामा मात्रै आएका के थिए, गोरखाली पञ्चकन्याको शुभस्वागत सत्कार पाईसकेछन् ।

पुरानो राजधानीमा पारस सरकारको फुलमाला पन्चेबाजा, मोटरसाईकल र्यालीसहित धुमधाम जयजयकार भएछ ।

उनलाई पोर्टनलले त फोटोफिचर नै गरे ।, आजको नेपाल साप्ताहिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस