सप्तरी । मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मैथिली भाषालाई मधेस प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनुपर्ने बताएका छन्।
सप्तरीको राजविराजमा मैथिली साहित्य परिषदद्वारा आयोजित विद्यापति स्मृति पर्व २०७९ को प्रमुख अतिथिको रूपमा बोल्दै अध्यक्ष डा. दत्तले यस्तो बताएका हुन्।मधेस प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा मैथिली रहेकोले मैथिलीलाई नै सरकारी कामकाजको भाषा बनाउनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष डा.दत्तले मधेशी आयोग र भाषा आयोगले संयुक्त बैठक गरेर यो विषयमा छलफल गरिसकेको र भाषा आयोगद्वारा प्रदेश सरकारलाई मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस भइसके पनि प्रदेश सरकारले वेवास्ता गर्नुप्रति चिन्ता व्यक्त गरेका छन् ।
उनले भाषामा राजनीति गर्नुभन्दा पनि भाषाको लागि राजनीति गर्नुपर्ने बताउदै मैथिली भाषाको संरक्षण र सशक्तिकरण गर्न आयोगले कुनै कसर बाँकी नराख्ने पनि बताए।
सो दिवसको अवसरमा परिषदले विभिन्न विधातर्फ ३ जनालाई सम्मान गरेको छ। सो कार्यक्रममा मधेसी आयोगकी सदस्य आभा सिंह, मधेस प्रदेशको आमसंचार प्राधिकरणको अध्यक्ष श्यामसुन्दर यादव, मैथिली अभियानी अजय साह शिवाली लगायतले आ(आफ्नो मन्तव्य राखेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ कार्तिक २०७९, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू