अस्पतालबाट डिस्चार्ज भए इमरान खान

एजेन्सी

आइतबार, २० कार्तिक २०७९, २० : ४३
अस्पतालबाट डिस्चार्ज भए इमरान खान

एजेन्सी । किस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तीन दिनको उपचारपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएको उनका सहयोगीले बताएका छन् । गत बिहीबार पूर्वप्रधानमन्त्री खानको हत्या गर्ने असफल प्रयास हुँदा खुट्टामा गोली लागी घाइते भएका थिए । गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएपछि गत अप्रिलमा सत्ताच्युत भएदेखि नै तनावमा रहेको देशको राजनीतिक संकट थप चुलिएको छ ।

पूर्व सूचनामन्त्री फवाद चौधरीले एएफपीसँग कुरा गर्दै खानलाई ‘डिस्चार्ज गरिएको’ पुष्टि गरे । एक स्थानीय टिभी च्यानलले उनलाई निलो रंगको अस्पतालको गाउन लगाएर लाहोरस्थित एक क्लिनिकबाट ह्वीलचेयरमा निस्कँदै गरेको देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस