काठमाडौं । काठमाडौँ महानगरपालिकाको वार्षिक खरिद गुरुयोजनाका लागि योजनाको प्याकेजिङ र स्लाइसिङ्का विषयमा छलफल भएको छ । आज महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको अध्यक्षतामा विभागीय प्रमुख र परामर्शदाता सामयिक सेवा केन्द्रका अधिकारीविच छलफल भएको हो ।
छलफलमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, महानगरको वार्षिक कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना र खरिद गुरुयोजना अन्तरसम्बन्धित भएको बताए । छलफलमा नगर सभाबाट वडा, विभाग, आयोजना र कार्यक्रमका स्वीकृत योजनामध्ये एउटै प्रकारका योजनालाई प्याकेज बनाएर खरिद गर्ने विषयमा छलफल भएको थियो । यस क्रममा परामर्शदाताबाट प्रकृति मिल्ने योजनालाई संयुक्त र नमिल्नेलाई एकल योजनाका रुपमा प्रस्ताव पेश भएको थियो । विभागीय प्रमुख तथा कार्यक्रम सम्बन्धित अधिकारीले प्रस्तावित योजना प्याकेजिङ् गर्दा हुने सवल र कमजोर पक्षका विषयमा आफ्ना धारणा राखेका थिए ।
यसरी प्याकेजिङ्÷स्लाइसिङ् गरिएका योजनालाई बोलपत्र, दरभाउ पत्र, सोझै खरिद र उपभोक्तामार्फत हुने खरिदका सवल र दुर्र्वल पक्ष छलफलको अर्को विषय थियो ।चालुृ आर्थिक बर्षका लागि महानगरले १ हजार ४८० वटा योजना स्वीकृत गरेको छ । यी योजनालाई खरिद सम्बन्धी कार्यविभाजन र खरिद कार्यको बर्गीकरणअनुसार प्याकेजिङ् गरेर १ हजारको हाराहारीमा राख्न सकिने देखिएको महानगरपालिकाको भनाइ छ । परामर्शदाताबाट प्राप्त प्रस्तावका विषयमा जानकारी दिँदै खरिद एकाईका प्रमुख धु्रव काफ्लेले भने, ‘योजनाको प्याकेजिङ् र स्लाइसिङ् नयाँ अभ्यास हो । यसभन्दा तलका वार्षिक खरिद योजना र खरिद गुरुयोजनामा हामीले यस अघि पनि काम गरेका थियौँ । यस बर्षबाट प्याकेजिङ्को काम थालिएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० कार्तिक २०७९, १८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह