काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक उकालो लागेको छ । आज नेप्से परिसुचक २.२५ प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा रोकिएको छ ।
साथै ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा २.१३ प्रतिशतले वृद्धि भइ ८.०९ अंकले बढेर ३८७.५२ विन्दुमा रोकिएको छ । बिहीबार भने नेप्से परिसुचकमा ०.८३ अंकले घटेकोे थियो । यस्तै ३९ लाख १३ हजारभन्दा बढीको सेयर किनबेच हुँदा एक अर्ब ५४ करोड आठ लाख ३२ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
म्युचुअल फण्डबाहेक सबै कम्पनीको कारोबार बढेको छ । माइक्रोफाइनान्स १९६.२, जीवन बिमा ९५.०९, विकास बैंक ९१.०५, हाइड्रो पावर ६६.६८, होटल तथा पर्यटन ६१.१८, बैंकिङ ११.३९, ट्रेडिङ ५२.८४, फाइनान्स ६४.६९, निर्जीवन बिमा १३३.२६ र अन्य ५६.७६ अंकले बढेको छ ।
आइतबार १८६ कम्पनीको कारोबार भएकोमध्ये १८५ कम्पनीमा वृद्धि भएको छ भने एउटा मात्र कम्पनी घाटेको छ । मानुसी लघुवित्त वित्तिय संस्था १०६.३०, जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था ३०९.९० र एनइएसडिओ समृद्ध लघुवित्त वित्तिय संस्था २८८.५० अंकले वृद्धि भएको छ ।
एनइएसडिओ समृद्ध लघुवित्त वित्तियको सेयर किनबेच गर्दा १० करोड १४ लाख ९६ हजार बढी र एभरेष्ट बैंकमा भने सात करोड नौ लाख एक हजारभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० कार्तिक २०७९, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !
सेयर बजार १ प्रतिशत बढ्यो, ११ अर्ब ४१ करोडको कारोबार