मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लंघन गरेको बताएका छन्।
निर्वाचन प्रचारप्रसारका क्रममा आइतबार विराटनगरमा आयोजित कार्यक्रममा मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधि सभा सदस्य उम्मेदवार कोइरालाले नागरिकता विधेयक पास नगरिँदा योग्य नागरिक गैरनागरिकका रुपमा रहनु परेको बताए।
सो क्रममा नेता कोइरालाले राष्ट्रपति भण्डारीले संविधानलाई नमान्दा नागरिकता विधेयक पास हुन नसकेको अरोप लगाए। उनले सदनबाट दुई पटक पास गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको आरोप लगाए। मंसिर ४ को निर्वाचनपछि यसै गठबन्धन सरकारले नागरिकता विधेयक पास गर्ने उनले बताए।
नागरिकता बनाउन नपाउँदा उमेर पुगेका सर्वसाधारणले राज्यबाट पाउने सेवासुविधाबाट बन्चित हुनुपरिरहेको उनको भनाइ छ। नेता कोइरालाले गठबन्धनको नेतृत्वले निर्वाचनमा जित हासिल गरेपछि नागरिकता विधेयक पास गर्न सहयोग गर्ने उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० कार्तिक २०७९, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ : डा. शेखर कोइराला
डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह
उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु दुःखद : शेखर कोइराला
देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ: डा. शेखर कोइराला
लोकतन्त्र खतरामा छ : शेखर कोइराला
देउवालाई शेखरको सुझाव- एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस्