काठमाडौँ । चुनावी सभालाई सम्बोधन गर्न गृहजिल्ला डडेल्धुरा पुगेका नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार काठमाडौँ फर्किँदै छन् । आज उनी गृहजिल्लाका दुई वटा चुनावी सभालाई सम्बोधन गरी काठमाडौँ फर्किने तयारी रहेको उनी निकट स्रोतले जानकारी दिएको छ ।
बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।देउवा गत बुधबार मात्र काठमाडौँबाट धनगढी पुगेका थिए। बिहीबार डडेल्धुरा पुगेर देउवाले अमरगढी नगरपालिकास्थित बसपार्कको आमसभालाई सम्बोधन गरेका थिए ।
उनले शुक्रबार नवदुर्गा गाउँपालिका बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गरे भने शनिबार अजयमेरू गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिका रूपालमा भएको आमसभालाई सम्बोधन गरेका थिए ।
देउवा मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनका तर्फबाट डडेल्धुराबाट सातौँ पटक संघीय संसदका उम्मेदवार छन् । डडेल्धुरामा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ । उनी ०४८ सालदेखि डडेल्धुराबाट लगातार चुनाव जित्दै आइरहेका छन् ।
डडेल्धुरामा जनता समाजवादी पार्टीबाट श्याम सिनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत र नेपाली कांग्रेस बिपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावल उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० कार्तिक २०७९, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार