इंग्ल्यान्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

सफल खबर संवाददाता

शनिबार, १९ कार्तिक २०७९, १७ : ४२
इंग्ल्यान्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

एजेन्सी । इंग्ल्यान्डले आइसिसी टि-२० विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । सिड्नीमा शनिबार भएको खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएको हो ।

सुपर १२ को समूह ए बाट न्युजिल्यान्ड समूह विजेता र इंल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।

इंग्ल्यान्डको जितसँगै आयोजक अष्ट्रेलिया भने बाहिरिएको छ । अष्ट्रेलिया ५ खेलमा सामान नतिजाको साथ ७ अंक भएपनि नेटनरेटको कारण बाहिरिन पर्यो । अष्ट्रेलियाको नेटरनरेट माइनस ०।१७३ रह्यो । इंग्ल्यान्डको नेटरनरेट प्लस ०।४७३ रह्यो ।

यस्तै यस समूहबाट श्रीलंका, आयरल्याण्ड र अफगानिस्तान समेत बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस