काठमाडौं । निर्वाचन बिथोल्ने अभियानमा लागेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले उच्च निगरानीमा राखेको छ ।
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सो पार्टीका नेताहरू धमाधम पक्राउ पर्न थालेका छन् । हिजो मात्र प्रहरीले पार्टीका केन्द्रीय सदस्य तथा नवलपरासी इन्चार्ज सरद वलीलाई पक्राउ गरेको छ ।
नवलपुरको मध्यपुर नगरपालिका वसन्तपुरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । विप्लव नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ कार्तिक २०७९, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ