काठमाडौं । भारतले निर्वाचन आयोगलाई ८० सवारीसाधन उपहार दिएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ भारतले सवारीसाधन उपहार दिएको हो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरे । श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले सवारी साधन सहयोग गरेको बताए ।
नेपालको छिमेकी देशको नाताले निर्वाचन प्रक्रियामा सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको उल्लेख गर्दै उनले भारत सरकारले दिएको सहयोगले आयोगलाई निर्वाचन उनसम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्राप्त सवारीसाधनले निर्वाचनको व्यवस्थापनमा सहयोग पुग्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ कार्तिक २०७९, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले पुनः सुरु गर्यो मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य
राष्ट्रिय दलको मान्यता पाउन संघमा तीन प्रदेशको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव
मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु गर्ने आयोगको निर्णय
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
कीर्तिपुर र काठमाडौं-१६ मा निर्वाचन आयोगले खटायो अनुगमन टोली