काठमाडौं । स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा लाजिम्पाटमा एक विद्यार्थीको मृत्यु भएको छ । बुधबार लाजिम्पाटमा भएको दुर्घटनाका घाइते विद्यार्थीको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार बुधबार दिउँसो करिब साढे ३ बजे बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय आयुष्मान दाहालको टाउको रुखमा ठोक्किएर घाइते भएका थिए ।
विद्यालयबाट घर फर्कने क्रममा विद्यालयकै बा १ क ४६४२ नम्बरको बसमा रहेका उनले टाउको झ्यालबाट बाहिर निकाल्दा रुखमा ठोक्किएको थियो । विद्यालयको गेट नजिकैको रुखमा टाउको ठोक्किदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।
बुधबार अपरान्ह भएको दुर्घटनापछि उनलाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगी उपचार गराइएको थियो । तर उपचारकै क्रममा बिहीबार बिहान २स्२१ बजे उनको निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ कार्तिक २०७९, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते