काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारसम्बन्धी मुद्दामा बिहीबार पनि थुनछेक बहस हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध परेको मुद्दामा बुधवारदेखि सुरु भएको थुनछेक बहस बिहीबार पनि जारी रहने भएको हो ।
बुधबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस प्रारम्भ भएपनि सुनुवाइ नभ्याएकाले हेर्दाहेर्दैमा बिहीवारका लागि राखिएको हो ।
सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कात्तिक १४ गते मुद्दा दायर गरेको थियो ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ कार्तिक २०७९, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लंका प्रिमियर लिगमा सन्दीप लामिछाने जाफ्ना किङ्समा अनुबन्धित
एकदिवसीय खेलमा सन्दीपको नयाँ कीर्तिमान, ७३ खेलमा लिए १५० विकेट
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त