काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारसम्बन्धी मुद्दामा बिहीबार पनि थुनछेक बहस हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध परेको मुद्दामा बुधवारदेखि सुरु भएको थुनछेक बहस बिहीबार पनि जारी रहने भएको हो ।
बुधबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस प्रारम्भ भएपनि सुनुवाइ नभ्याएकाले हेर्दाहेर्दैमा बिहीवारका लागि राखिएको हो ।
सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कात्तिक १४ गते मुद्दा दायर गरेको थियो ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ कार्तिक २०७९, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा