पश्चिम भारतमा सडक दुर्घटना हुँदा सात जनाको मृत्यु, २५ जना घाईते

रासस

शनिबार, ०९ असार २०७५, १५ : ५७
पश्चिम भारतमा सडक दुर्घटना हुँदा सात जनाको मृत्यु, २५ जना घाईते

नयाँ दिल्ली । पश्चिम भारतीय राज्य गुजरातमा भएको एक सडक दुर्घटनामा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।
यस दुर्घटनामा परी अन्य २४ जना घाइते भएका प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ ।

अम्रेली जिल्लाको भावननगर–सोमनाथ राजमार्गको एक पुलमा ३२ जना व्यक्ति बोकेको ट्रक दुर्घटना भएको थियो ।
सो दुर्घटनामा सात व्यक्तिको घटनास्थलमा मृत्यु भएको र यस घटनामा घाइते भएका २४ जनालाई नजिकैको अस्पतालमा लगिएको छ । घाइते मध्ये पाँचको अवस्था चिन्ताजनक भएको बताइएको छ ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा तिव्र गतिमा चलाइएको सो ट्रकको चालकले नियन्त्रण गुमाएपछि एक पुलमा दुर्घटना भएको थियो ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस