निलो टिकमा शुल्क लगाउने ट्वीटरको निर्णय

सफल खबर संवाददाता

बुधबार, १६ कार्तिक २०७९, २१ : २१
निलो टिकमा शुल्क लगाउने ट्वीटरको निर्णय

काठमाडौं । ट्वीटर कम्पनीका नयाँ मालिक इलन मस्कले अब ‘ब्लु टिक’ धारी अकाउन्टलाई मासिक आठ डलर लिने शुल्क लिने बताएका छन् । ट्वीटरमा ‘भेरिफाईड’ अकाउन्टहरुको छेउमा निलो ‘टिक’ देखिने गर्छ ।  हालसम्म यो निःशुल्क थियो भने अब निलो टिक खातावालाले पैसा तिर्नुपर्ने भएको छ । विगतमा ट्वीटरले उसका मापदण्ड पुरा गर्ने उल्लेखनीय खाता भएकाहरूलाई ब्लु टिक दिन्थ्यो ।

तथापि ट्वीटरले गत वर्ष जुनमा ल्याएको ट्वीटर ब्लु उपभोग गर्नेहरूले भने केही शुल्क तिर्नुपथ्र्यो । यस सब्स्क्राइबर सेवा उपभोग गर्नेहरूले तिनका ट्वीट सम्पादन(एडिट) गर्न सक्छन् ।   विज्ञापन माथिको निर्भरता कम गर्नका लागि यस्तो कदम उठाएको मस्कले बताएका छन् । मस्कले यो शुल्क ‘देशको क्रय शक्तिको आधारमा समायोजना हुने’ बताएका छन् । 

मस्कले टिक हुने सब्क्राईबरहरुलाई थप सुविधाहरु हुने पनि खुलासा गरेका छन्  । उनका अनुसार तिनले कमेन्ट गर्न, कसैलाई मेन्सन गर्न र केही खोज्न बढी सहजता पाउनेछन् । त्यस्तै भेरिफाईड अकाउन्ट भएकाहरुले लामा अडियो तथा भिडियो पनि पोष्ट गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस