सूचना प्रबिधि बिना देशको विकास सम्भव छैन : उप प्रमुख अधिकारी

सफल खबर संवाददाता

बुधबार, १६ कार्तिक २०७९, १५ : ४१
सूचना प्रबिधि बिना देशको विकास सम्भव छैन : उप प्रमुख अधिकारी

चितवन ।  भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले सूचना प्रबिधि बिना देशको विकास सम्भव नभएको बताएका छन । सूचना प्रबिधिमा आएको विकास लाई आधार मानेर हामी सबै देश विकासमा जुट्नु पर्ने समय आएको प्रष्ट पारे । 

आजबाट भरतपुरमा शुरु भएको ३ दिने यु टेक ह्ययाकाथन अल्फा कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख अधिकारीले भोलिको नेपाललाई मार्ग निर्देशन गर्न ह्ययाकाथन अल्फा कार्यक्रम प्रभावकारी हुनेमा बिश्वास समेत व्यक्त गरे । स्मार्ट सिटि बनाउन सूचना प्रबिधिको भरपुर प्रयोग गर्नुपर्ने उनको जोड समेत रहेको छ । 

पछिल्लो समय नेपालमा सूचना प्रबिधिको बिकासको गति हामीले कल्पना गरेको भन्दा पनि बाहिर गएको छ उप प्रमुख अधिकारीले भने,यो हामी नेपाल र नेपालीको लागि साह्रै खुशीको कुरा पनि हो । 

युनाइटेड टेक क्लब र युनाइटेड टेक्निकल कलेज भरतपुर ११ को सयुक्त आयोजनामा भएको कार्यक्रममा देशभरी बाट सूचना तथा प्राविधि सग सम्बन्धित  इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको १० समूहले सहभागिता जनाएका छन । 

उक्त ह्ययाकाथनमा सहभागी प्रतियोगीहरुले शिक्षा , चिकित्सा, साइबर सुरक्षा, कृषि, पर्यटन, जोखिम ब्यबस्थापन, बित्त, कृत्रिम बुद्विमता, बैकल्पिक उर्जा र ग्रामीण बिकास सग सम्बन्धित क्षेत्रहरुमा बिद्यमान रहेका समस्याहरुको समाधान गर्न कोडिङ मार्फत तीन दिन भित्र प्रोजेक्ट तयार गर्ने छन ।
 

प्रतिक्रिया दिनुहोस