तीन महिनामा पौने चार अर्बको फलफूल आयात

सफल खबर संवाददाता

बुधबार, १६ कार्तिक २०७९, ११ : ५२
तीन महिनामा पौने चार अर्बको फलफूल आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०७९-८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा पौने चार अर्ब रुपैयाँको फलफूल भित्रिएको पाइएको छ । 

२०७९  सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको फलफूल नेपालमा भित्रिएको हो । भन्सार विभागका अनुसार बितेको तीन महिनामा कुल ३ अर्ब ७९ करोड ८६ लाख ५३ हजार रुपैयाँको फलफूल नेपालले आयात गरेको छ । 

उक्त समयमा नेपालले १६ करोड २३ लाख ५९ हजार रुपैयाँको १ करोड १३ लाख ७ हजार ४४६ केजी केरा आयात गरेको छ । सोही समयमा ७ करोड ९३ लाख ३ हजार रुपैयाँको भुँइकटहर नेपाल भित्रिएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड ४९ लाख ८ हजार रुपैयाँको ५१ हजार १९० केजी एभोकार्डो, १८ करोड ७४ लाख रुपैयाँको ३७ लाख केजीभन्दा बढी आँप र अम्बा, १७ करोड ४ हजार रुपैयाँको २३ लाख २४ हजार २८३ केजी कागती र ११ करोड ८ लाख १४ हजार रुपैयाँको खरबुजा नेपाल भित्रिएको छ । 

यस्तै १० करोड ८० लाख १५ हजार रुपैयाँको ३० लाख ५३ हजार ४७४ केजी मेवा, २ अर्ब २४ करोड ९६ लाख ३९ हजार रुपैयाँको स्याउ र २९ करोड ७६ लाख ५६ हजार रुपैयाँको २८ लाख ७१ हजार १७६ केजी अनार पछिल्लो तीन महिनामा नेपालले आयात गरेको विभागले जनाएको छ । 

विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८र७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ४ खर्ब ५६ करोड ९४ लाख ४४ हजार रुपैयाँको फलफूल आयात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस