काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपिएफले लगातार दोस्रो जित हासिल गरेको छ। सुदूरपश्चिम प्रदेशलाई १० विकेटले पराजित गर्दै एपिएफले समूह ए मा ४ अंक बनाउँदै शीर्ष स्थानमा कायम रह्यो।
टस हारेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमका लागि कप्तान राजु रिजालले २४ रन बनाए। उनीबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोर बनाउन नसक्दा सदूरपश्चिम ६७ रनमा समेटिएको थियो।
सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफका भुवन कार्कीले ४ विकेट हासिल गरे। त्यस्तै, कमल ऐरी र मौसम ढकालले समान २-२ विकेट लिए।
त्यस्तै,किशोर महतो र अमर रौटेलाले समान १-१ विकेट लिएका थिए। ६९ रनको लक्ष्य पछ्याएको एपिएफले विना विकेटको क्षतीमा ११.२ ओभरमानै विना विकेटको क्षतीमा लक्ष्य पुरा गर्याे। उसका लागि प्रदीप ऐरीले २५ रन बनाउँदा आसिफ शेखले ४२ रनको नटआउट इनिङ खेलेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ कार्तिक २०७९, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कप : दिवान पुनको कप्तानीमा कर्णाली प्रदेशको टिम घोषणा
लुम्बिनीलाई हराएसँगै बलियो बन्यो आर्मीको फाइनल सम्भावना