काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छठ पर्वले मधेश, पहाड र हिमाललाई सांस्कृतिक र भाइचाराको सम्बन्ध जोडेको बताएका छन् ।
सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका उनले आइतबार राजविराजस्थित विभिन्न पोखरीको छठ घाटहरुमा पुगेर देशको एकता एवम् समृद्धिको कामना गरेका हुन् । मधेशबाट मनाउन थालिएको छठ राष्ट्रि«य पर्वको रुपमा विकास भएकोमा खुशी व्यक्त गर्दै उनले भने,‘छठ पर्वले मधेश, पहाड र हिमाललाई सांस्कृतिक र भाइचाराको सम्बन्ध जोडेको छ, यो सम्पूर्ण नेपाली जनताको लागि खुशीको कुरा हो ।’
मधेशबाट शुरु भएको छठ पर्व जस्तै जनता समाजवादी पार्टी देशैभरि फैलिएको बताउँदै उनले आगामी निर्वाचनमा जसपा समेत मधेश, पहाड र हिमालको साझा एवम् राष्ट्रिय पार्टी बन्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ कार्तिक २०७९, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तरी-३ मा उपेन्द्र यादवलाई दोब्बर मतले पराजित गर्दै रास्वपाका चौधरी विजयी
‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’ : उपेन्द्र यादव
अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट