काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ । सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले आइतबार नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो । ९२ रनको लक्ष्य पाकिस्तानले १३.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
यसअघि लगातार दुई खेल हारेको पाकिस्तानले पहिलो जितपछि ३ खेलबाट २ अंक जोडेको छ र सेमिफाइनलको झिनो सम्भावना कायम राखेको छ । यसअघि भारत र जिम्बावेसँग पराजित भएको पाकिस्तानले अब दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्न बाँकी छ । पाकिस्तानले बाँकी दुवै खेल जितेमा ६ अंक हुनेछ । यस्तो पाकिस्तानका लागि शीर्ष दुईमा रहेर सेमिफाइनल पुग्न बाँकी खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
अर्धशतकमा १ रनले चुके रिजनवान
पाकिस्तानको दुई मुख्य ब्याटर कप्तान बाबर अजाम र विकेटकिपर मोहम्मद रिजनवान सुरुका दुई खेलमा चाँडै आउट भएका थिए । जसले गर्दा मध्य क्रममा दबाब परेको थियो ।
नेदरल्याण्ड्स विरुद्ध पनि कप्तान बाबर ४ रनमै आउट आउट भए । रिजावानले भने राम्रो ब्याटिङ गरे पनि अर्धशतकबाट १ रनले चुके ।यसै खेलबाट पुनरागमन गरेका फकर जमनले १६ बल खेल्दै १८ रन बनाए । शान मसुदले १२ रन बनाए ।
जितका लागि ९ रन आवश्यक हुँदा १३औं ओभरको पहिलो बलमा रिजवान ४९ रन बनाएर आउट भए । ९२ रनको लक्ष्य पूरा गर्ने क्रममा रिजवानले एक छेउबाट इनिङ्स सम्हालेका थिए । उनले ३९ बल खेल्दै ५ चौका प्रहार गरे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर ९० रन बनाएको थियो ।बास डे लिड ६ रन बनाएर रिटायर्ड हर्ट भए । पाकिस्तानका हरिस राउफको बलले लागेपछि उनी घाइते भएका थिए ।
नेदरल्याण्ड्सका लागि कलिन अकरमनले सर्वाधिक २७ र कप्तान स्कट एडवार्ड्सले १५ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।पाकिस्तानका लागि शादब खानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । मोहम्मद वासिमले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस राउफले समान १ विकेट लिए । अफ्रिदीले ४ ओभरमा १९ र नसिमले ११ रन खर्चिए । राउफले ३ ओभरमा १० रन खर्चिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ कार्तिक २०७९, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध बनायो १३३ रन
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप : आज नेपालको दोस्रो खेल, इटालीसँग भिडदै
टी-२० विश्वकपमा आज ३ समूहका यी ३ खेल हुँदै