आज तिब्बतमा के छ ओलीको कार्यक्रम ?

पत्रपत्रिकाबाट

शनिबार, ०९ असार २०७५, ०८ : ३७
आज तिब्बतमा के छ ओलीको कार्यक्रम ?

बिहान : बिहान प्रधानमन्त्री ओलीले तिब्बतका दुई धार्मिक स्थलको अवलोकन गर्नेछन् । सुरुमा प्रसिद्ध मन्दिर पोतला दरबार घुम्ने र त्यसपछि तिब्बतियनको पवित्र मन्दिर जोखाङ जानेछन् ।

दिउँसो : ल्हासाबाट आधा घन्टाको दूरीमा रहेको छुसुई एग्रिकल्चर परियोजनाको अवलोकन गर्न जाने कार्यक्रम छ । यो चीनकै एक नमुना कृषि परियोजना हो ।

अति उच्च क्षेत्रमा पनि कृषि उपज कसरी उत्पादन गर्न सकिन्छ भन्नेबारे अध्ययन भइरहेको छ । तिब्बतियन जनताको गरिबी कम गर्न कृषि उत्पादन बढाउन चीन सरकारले तिब्बतमा सञ्चालन गरेको यो महत्वाकांक्षी परियोजना हो ।

साँझ : छुसुई एग्रिकल्चर परियोजना अवलोकनपछि साँझ प्रधानमन्त्री ओली नेपाल वाणिज्य दूतावासले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् । भ्रमण तालिकाअनुसार आइतबार प्रधानमन्त्री ओली स्वदेश फर्किने कार्यक्रम छ । -आजको नयाँ पत्रिकाले यो समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस