काठमाडौं । सत्ता गठबन्धनले रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री प्रभु साहलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनले आइतबार साझा उम्मेदवारको सूची सार्वजनिक गर्दै एमालेमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सघाउने औपचारिक जानकारी दिएको हो । साह नेकपा विभाजनपछि माओवादी छाडेर एमालेतिर लागेका थिए । अहिले माओवादीकै उम्मेदवारलाई ब्याक गराइएर उनलाई समर्थन गरिएको हो ।
सोही निर्वाचन क्षेत्रको प्रदेश क मा नेकपा एकीकृत समाजवादीका नागेन्द् राय यादव साझा उम्मेदवार रहेका छन् भने ख मा कांग्रेसका सुनिल कुमार यादव उम्मेदवार रहेका छन् ।
यस्तै रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल र २ मा उम्मेदवारबिहीन भएपछि गठबन्धनले जनमुक्ति वार्टीका केशव बहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ कार्तिक २०७९, २० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह