काठमाडौं । सत्ता गठबन्धनले रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री प्रभु साहलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनले आइतबार साझा उम्मेदवारको सूची सार्वजनिक गर्दै एमालेमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सघाउने औपचारिक जानकारी दिएको हो । साह नेकपा विभाजनपछि माओवादी छाडेर एमालेतिर लागेका थिए । अहिले माओवादीकै उम्मेदवारलाई ब्याक गराइएर उनलाई समर्थन गरिएको हो ।
सोही निर्वाचन क्षेत्रको प्रदेश क मा नेकपा एकीकृत समाजवादीका नागेन्द् राय यादव साझा उम्मेदवार रहेका छन् भने ख मा कांग्रेसका सुनिल कुमार यादव उम्मेदवार रहेका छन् ।
यस्तै रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल र २ मा उम्मेदवारबिहीन भएपछि गठबन्धनले जनमुक्ति वार्टीका केशव बहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ कार्तिक २०७९, २० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह
मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई प्रभु साहले दिए अनैतिकताको संज्ञा
सुशीला र ओमप्रकाश अर्यालहरू केपी ओली र आरजुकै नयाँ भेरिएन्ट हुन्, यिनीहरूबाट निकास असम्भव : प्रभु साह
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
एमालेले ओलीलाई अब अघि नलगाओस् : प्रभु साह