काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका काठमाडौं–४ का उम्मेदवार गगन थापालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।आयोगले पहिलो पटक सोधेको स्पष्टीकरणका बारेमा थापाले सार्वजनिक कार्यक्रममार्फत दिएको जवाफलाई लिएर पुनः स्पष्टीकरण माग गरिएको आयोगका एक अधिकारीले बताए ।
गत हप्ता ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा थापालाई आयोगले स्पष्टीकरण सोधेको थियो । तर थापाले सो विषयलाई लिएर एक सार्वजनिक कार्यक्रममार्फत ‘यस्तो गल्ती बारम्बार गर्छुु’ भनी अभिव्यक्ति दिएको भन्दै आयोगले पुन: स्पष्टीकरण सोधेको हो ।
आयोग स्रोतले भन्यो, ‘उहाँलाई स्पष्टीकरण सोध्ने निर्णय भइसकेको छ, तत्काल पत्र तयार गरेर पठाउने तयारी छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ कार्तिक २०७९, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया