टी-२० विश्वकपः दुई खेल हुँदै

सफल खबर संवाददाता

बुधबार, ०९ कार्तिक २०७९, १० : ४०
टी-२० विश्वकपः दुई खेल हुँदै

काठमाडौं । आईसिसी टी-२० विश्वकपअन्तर्गत बुधबार दुई खेल हुँदैछन् । सुपर-१२ को समूह एक को फरक खेलमा आयरल्यान्ड र इंग्ल्यान्ड तथा न्युजिल्यान्ड र अफगानिस्तान भिड्दैछन् । 

विहान पौने १० बजे सुरु हुने खेलमा आयरल्यान्ड र इंग्ल्यान्डको खेल मेलवर्नमा हुनेछ । आयरल्यान्ड पहिलो जितको खोजीमा रहँदा इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्न चाहन्छ । 

दिउसो पौने २ बजे न्युजिल्यान्ड र अफगानिस्तानबीच समेत मेलवर्नमै खेल हुनेछ । यस खेलमा जित निकाल्दै न्युजिल्यान्ड शीर्षस्थान बलियो बनाउने योजनामा छ । आफगानिस्तान भने पहिलो जितको खोजीमा छ । 

समूह एक मा न्युजिल्यान्ड, इंग्ल्यान्ड, श्रीलंका र अस्टे्रलियाको सामना दुई दुई अंक छ । अफगानिस्तान र आयरल्यान्ड बिना अंक छन् । 

प्रतिक्रिया दिनुहोस