प्रधानमन्त्री ओली ल्हासामा, यस्ता छन् आजका कार्यक्रम

रासस

शुक्रबार, ०८ असार २०७५, १४ : ५८
प्रधानमन्त्री ओली ल्हासामा, यस्ता छन् आजका कार्यक्रम

ल्हासा । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङबाट आज ल्हासा आइपुगेका छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डललाई तिब्बत सरकारका उपमन्त्री लिउ ज्याङले स्वागत गरे ।

प्रधानमन्त्री ओलीले ल्हासामा नेपाली समुदायसँग अन्तक्रिया गर्ने छन् । त्यस्तै उनले आज पोताला दरबार र जोखाङ मन्दिर अवलोकन तथा कृषि परियोजना निरीक्षणलगायत कार्यक्रममा सरिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनको राजधानी बेइजिङमा बिहीबार द्विपक्षीय हित र चासोका विभिन्न सम्झौतापछि प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल ल्हासा आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस