काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा नौ लाख १२ हजार ८० नगदसहित ६२ लाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ। प्रहरीले जुवा खेल्नेबाट छ लाख २७ हजार दुई सय ७० नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग दुई लाख ८४ हजार सात सय नगद र १६ थान कौडा बरामद गरेको छ।
प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ कार्तिक २०७९, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलमा जुवा खेलाएको आरोपमा आठजना भारतीय पक्राउ
जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ
जुवा खालबाट एक लाखसहित १३ जना पक्राउ
अनलाइन जुवा खेलाउने २३ जना पक्राउ
अनलाइन जुवा खेलाएको आरोपमा बूढानीलकण्ठबाट २३ जना पक्राउ
जुवाको खालबाट ११ जना पक्राउ