काठमाडौँ। डेङ्गुका कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म डेङ्गुबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेङ्गुको बिरामी देखिएको मन्त्रालयको तथ्यांक छ । मुलुकका ७७ वटै जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ ।
आज ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात सय ९८ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय १६ छ । हालसम्म नेपालमा १० लाख चार सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ लाख ८७ हजार छ सय ८२ जना सङ्क्रमणमुक्त भएका छन् भने १२ हजार १८ जनाको मृत्यु भएको छ ।
शनिबार २३ हजार छ सय सात जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ कार्तिक २०७९, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा १५ दिनमा २० जनामा डेङ्गुको सङ्क्रमण
चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च
गण्डकीमा डेङ्गुबाट सात जनाको मृत्यु
बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण
डेङ्गु सङ्क्रमण बढ्यो, कसरी जोगिने ?
गलकोटमा डेङ्गु र स्क्रबटाइफसका ५८ बिरामी