पाँच महिनामा साढे चार लाख पर्यटक

पत्रपत्रिकाबाट

शुक्रबार, ०८ असार २०७५, ०७ : ४४
पाँच महिनामा साढे चार लाख पर्यटक

सन् २०१८ को पहिलो पाँच महिनासम्ममा हवाई मार्ग हुँदै साढे चार लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार गत जनवरीदेखि मे महिनाभित्र चार लाख ५४ हजार आठ सय ५५ पर्यटक नेपाल आए थिए ।

यो भनेको गत बर्षको अवधिको दाँजोमा १२.५ प्रतिशतले बढी हो ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस