काठमाडौं । दुईपटकको टी–२० विश्वकप विजेता वेस्ट विन्डिज विश्वकपबाट बाहिरिएको छ । शुक्रबार भएको आफ्नो तेस्रो खेलमा आयरल्यान्डसँग नौ विकेटले पराजित भएपछि वेस्ट इन्डिज टी–२० विश्वकपबाट बाहिरिएको हो । आयरल्यान्ड भने सुपर १२ मा प्रवेश गरेको छ ।
निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पाँच विकेटको क्षतिमा १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्य पाएको आयरल्यान्डले एक विकेटको क्षतिमा १५० रन बनाउँदै सुपर १२ को स्थान सुरक्षित गरेको छ ।
आयरल्यान्डको जितमा लुर्कान टकरले ४५ र पउल स्टिरिलिङले ६६ रनको पारी खेले ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ कार्तिक २०७९, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा पनि इङल्याण्ड विजयी
अमेरिकाले वेस्ट इन्डिजलाई दियो १२९ रनको चुनौती