काठमाडौं । निर्वाचन आयोगले आगामी ९ कात्तिकमा समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेशसभा समानुपातिक निर्वाचन निर्देशिकाअनुसार दाबीविरोध गर्ने समय समाप्त भएपछि कुनै उम्मेदवारको सम्बन्धमा दाबीविरोध परेमा त्यसको आवश्यक जाँचबुझ र निर्णयसमेत गरी ९ कात्तिका अन्तिम बन्दसूची प्रकाशन गर्ने आयोगले जनाएको छ ।
उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्दा दलले पेस गरेको बन्दसूचीमा रहेको क्रमसमेत खुलाई सम्बन्धित समावेशी समूहको उम्मेदवारको नाम क्रमबद्ध प्रकाश गरिने भएको छ । यस्तै, आयोगले उम्मेवारको अन्तिम बन्दसूची प्रमाणित गरी सम्बन्धित दललाई बुझाउने छ ।
आयोगले गत १६ असोजमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेश र प्रतिनिधिसभा उम्मेदवारको बन्दसूची बुझाउने मिति तोको थियो । त्यसपछि पनि आयोगले बन्दसूचीमा भएका नाम सच्याउन, उम्मेदवारी फिर्ता लिन, उम्मेदवार विरुद्ध परेको दाबीविरोधको निरुपणलगायतका काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ कार्तिक २०७९, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने