आउँदो निर्वाचनमा आयाेगले गर्ने केही निर्णयले तरङ ल्याउने छ : प्रमुख निर्वाचन आयुक्त

सफल खबर संवाददाता

शुक्रबार, ०४ कार्तिक २०७९, १२ : ४९
आउँदो निर्वाचनमा आयाेगले गर्ने केही निर्णयले तरङ ल्याउने छ : प्रमुख निर्वाचन आयुक्त

विराटनगर। निर्वाचन आचारसंहिता उल्लंघन भए निर्वाचन आयोग टुलुटुलु हेरेर नबस्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित प्रदेश सञ्चार सम्बन्धि अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण साेध्दैमा काेकाेहाेलाे मच्चाउने प्रवृति आयाेगका लागि चुनाैतिकाे विषय भएकाे बताए ।

आचारसंहिता उल्लंघन गरेकालाइ स्पष्टीकरण सोध्दै गर्दा दलहरूमा एक प्रकारको तरङ आएको उनले बताए ।उनले भने,’आउँदो निर्वाचनमा आयाेग गर्ने केही निर्णयले तरङ ल्याउने छ । यसक्रममा स्पष्टीकरण कारबाही नभएर प्रकृयाकाे सुरूवात मात्रै हो ।’

कार्यक्रममा उनले संचार माध्यमलाई राजनीतिक दलका घाेषणापत्रबारे पनि बहस अघि बढाउन आग्रह गरेका थिए । थपलियाले निर्वाचनकाे स्वच्छताले मात्रै लाेकतन्त्र सबल र बलियो हुने प्रष्टाए ।

प्रमुख आयुक्त थपलियाले मतदाता परिचय पत्र नभएपनि मतदानबाट बञ्चित नगरिने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस