अमिताभलाई 'उचाइ' को कथा सुनाउन औषधिको सहारा

सफल खबर संवाददाता

विहीबार, ०३ कार्तिक २०७९, ११ : २०
अमिताभलाई 'उचाइ' को कथा सुनाउन औषधिको सहारा

एजेन्सी । ‘मैने प्यार किया’, ‘हम आपके है कौन’, ‘हम साथ-साथ है’ र ‘प्रेम रतन धन पायो’ जस्ता फिल्म निर्माण गरेका सूरज बडजात्या मल्टीस्टारर फिल्म ‘उचाइ’ बाट निर्देशन क्षेत्रमा कमव्याक गर्दैछन् । यो फिल्म आगामी महिना नोभेम्बर ११ मा रिलिज हुँदैछ ।

निर्देशक सुरजका अनुसार फिल्ममा अमिताभ बच्चनलाई कास्ट गर्न निकै तनाव भएको थियो । अमिताभलाई स्क्रिप्ट बताइरहँदा उनी यति नर्भस भएकी उनले औषधि नै खानु परेको थियो ।

‘जब तपाईं अमिताभ बच्चनलाई कुनै फिल्मको स्क्रिप्ट सुनाउँदै हुनुहुन्छ भने उहाँ कुनै उत्सुकता बिना नै स्क्रिप्ट सुन्नुहुन्छ । उहाँको अगाडि बस्नु त्यति सजिलो छैन । मैले उहाँलाई सन्देश पठाएर जूम मिटिङमा समय मागेको थिएँ, उनले भनेका छन्, ‘जब म उचाइको स्क्रिप्ट सुनाउँन बसें, मैले त्यो बेला औषधि सेवन गरेको थिएँ । किनकी अमिताभको अगाडि बस्नु सजिलो छैन । मलाई सम्झना छ कि जब मैले उहाँलाई ‘मे प्रेम की दिवानी हुँ’ को स्क्रिप्ट सुनाएको थिएँ, उहाँले मसँग यस्तै गर्नुभयो ।’

फिल्ममा अमिताभ बच्चन, परिणीति चोपडा, अनुपम खेर, बोमन ईरानी, नीना गुप्ता, सारिका र डेनी डेन्जोङपाको अभिनय छ । नेपाल र कश्मीरमा छायांकन गरिएको फिल्ममा परिणीतिले टुरिस्ट गाइडको भूमिका निर्वाह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस