नेपाली पत्रकारलाई तालिम दिँदै फेसबुक

सफल खबर संवाददाता

बुधबार, ०२ कार्तिक २०७९, १८ : ५९
नेपाली पत्रकारलाई तालिम दिँदै फेसबुक

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले नेपाली पत्रकारहरुलाई तालिम दिने भएको छ । निर्वाचन आयोगको अनुरोधका आधारमा मेटाले बिहीबार अनलाइन जुम माध्यमबाट नेपाली पत्रकारहरुलाई तालिम दिन लागेको हो । 

मंसिर ४ गतेको निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले फेसबुकलाई नेपाली पत्रकारहरुलाई तालिम दिनको लागि अनुरोध गरेको थियो । 

आयोगको सो आग्रहलाई स्वीकार्दै मेटाले बिहीबार जुम मार्फत तालिम दिने तय भएको आयोगले जनाएको छ । इच्छुक संचारकर्मी जुम मार्फत सहभागी हुन सक्नेछन् । तालिम बिहान १० बजेदेखि सुरु हुनेछ ।