एजेन्सी । फ्लोरिडाको टम्पा सहरबाट न्यु जर्सीको उडानको अन्त्यमा विमानभित्र सर्प भेटिएको छ । उडानमा अप्रत्याशित ढंगले सर्प देखिएपछि यात्रुहरू आतंकित बनेका छन् । विमान अवतरण गरेलगत्तै नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलका कामदारहरूलाई सर्प समात्न बोलाइएको थियो ।
न्युयोर्क र न्यु जर्सीको बन्दरगाह प्राधिकरणले एक विज्ञप्तिमा भनेको छ कि विमानस्थलको वन्यजन्तु सञ्चालन कर्मचारी र पोर्ट अथोरिटी पुलिस विभागका अधिकारीहरूले युनाइटेड फ्लाइट २०३८ बाट ‘गार्टर स्नेक’ हटाएर पछि जंगलमा छाडिदिएका छन् ।
सर्पका कारण कोही पनि घाइते नभएको र सञ्चालन प्रभावित नभएको विज्ञप्तिमा जनाइएको छ । यात्रुहरूले चालक दललाई सर्पको बारेमा सचेत गराएको र एयरलाइन्सले स्थितिको ख्याल गर्न उपयुक्त अधिकारीहरूलाई बोलाएको युनाइटेडले जनाएको छ । विजनेश क्लासका यात्रुहरुले विमान उडेको देखेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०२ कार्तिक २०७९, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा सर्पको टोकाइबाट एक शिक्षिकाको मृत्यु
गोमन सर्पले डस्दा सर्लाहीमा एक युवकको मृत्यु
सर्पले टोकेर बालकको मृत्यु
सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर
गोमन सर्पले डस्दा वृद्धाको मृत्यु
सर्पको टोकाइबाट बर्दियामा दुई बालबालिकाको मृत्यु, एक घाइते