म्यानचेस्टरमा हङकङका प्रजातन्त्रवादी कार्यकर्तामाथि कुटपिट

एजेन्सी

सोमबार, ३१ असोज २०७९, १४ : ५५
म्यानचेस्टरमा हङकङका प्रजातन्त्रवादी कार्यकर्तामाथि कुटपिट

एजेन्सी । हङकङका प्रजातन्त्र समर्थक प्रदर्शनकारीलाई म्यानचेस्टरमा रहेको चिनियाँ वाणिज्य दूतावास  नजिक कुटपिट गरेपछि बेलायती  कार्यकर्ता र सांसदहरूले छानबिनको माग गरिरहेका छन् । हङकङ आदिवासी रक्षा बल नामक प्रजातन्त्र समर्थक समूहले आइतबार बेइजिङमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाअधिवेशनको  विरोधमा उत्तरी सहरमा रहेको वाणिज्य दूतावास बाहिर विरोध प्रदर्शन गरेको थियो । 

सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गरिएको घटनाको भिडियोमा वाणिज्य दूतावास बाहिर फुटपाथमा टकराव भड्किएको देख्न तथा ठूलो स्वरमा चिच्याएको सुनिन्छ । भिडियोमा हङकङका एक प्रदर्शनकारीलाई वाणिज्य दूतावासको गेटबाट तानेर पुरुषहरूको समूहले कुटेको समेत देख्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस