काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू मिलिसकेको बताएका छन् । नेता कोइरालाले मोरङको हरैंचामा चुनावी कार्यक्रममा बोल्ने क्रममा कार्यकर्तालाई विवाद नगर्न सुझाव दिएका छन् । ‘स्थानीय निर्वाचनमा के भयो, महाधिवेशनमा के भयो, त्यो तुषलाई तपाईंहरु सबैले त्याग्नुस्,’ कार्यकर्तासँग उनले आग्रह गर्दै भने, ‘तुष मैले त त्यागीसकें । तपाईंहरुले किन नत्याग्ने ? ’
१४ औं महाधिवेशनमा सभापतिका लागि देउवा र आफू पक्षधर तलैबाट लड्दै केन्द्रसम्म प्रतिस्पर्धा गरेको उनले सुनाए । ‘जब शेरबहादुर देउवा जी र म नै मिलिसकेपछि वडामा तपाईंहरु किन झगडा गर्नुहुन्छ रु’ कार्यकर्तालाई उनले प्रश्न गरे, ‘किन झगडा गर्नुभएको छ, मैले बुझ्न सकेको छैन ।’
प्रतिस्पर्धा तलदेखि देउवासँग आफ्नो भएको र त्यो लडाइँ अब समाप्त भइसकेको उनले बताए । ‘शेरबहादुर देउवा र म एकै ठाउँमा उभिएका छौं । पटक–पटक शेरबहादुर जीसँग मैले भेटिरहेको छु,’ कोइरालाले भने, ‘मेरा कुरा सुनिरहनु भएको छ । मेरो कुरा मानिरहनुभएको छ । तर, तपाईंहरु तल किन लडिरहनुभएको छ । मैले बुझिरहेको छैन । केको लागि लडिरहनुभएको छ ?’
दुई पक्षका कार्यकर्ता एकापसमा भिडेर केही पनि प्राप्त नहुने उनले सुझाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असोज २०७९, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल