लिभरपुलद्धारा म्यानचेष्टर सिटी पराजित

सफल खबर संवाददाता

सोमबार, ३१ असोज २०७९, ०८ : १६
लिभरपुलद्धारा म्यानचेष्टर सिटी पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीको अपराजि यात्रामा लिभरपुल तगारो बनेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले सिटीलाई १–० ले पराजित गर्यो । 

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई खेलको ७६औं मिनेटमा मोहम्मद सलाहले निर्णायक गोल गरे । उनले गोलरक्षक एलिसनले रिलिज गरेको लामो प्रहारलाई उत्कृष्ट नियन्त्रण लिँदै गोल गरेका थिए । 

रेफ्रीमाथि अभद्र ब्यवहार गरेपछि लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले दोस्रो हाफमा रातो कार्डको सामना गरेका थिए । हारसँगै सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी घटाउने अवसर गुमायो । लिभरपुल भने लयमा फर्किएको जनाउन सफल भयो । 

१० खेलबाट २३ अंक बटुलको सिटी पहिलो खेलमा हार बेहोर्दै दोस्रो स्थानमा छ । समान खेलबाट शीर्षस्थानको आर्सनलको २७ अंक छ । लिभरपुल नौ खेलबाट १३ अंक जोड्दै आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस