काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सामान्य गिरावट देखिएको छ । आइतबार बजार ९.६९ अंकले घटेर परिसूचक १८६०.९४ बिन्दुमा रोकिएको छ । सेन्सिटिभ सूचक पनि १.७२ अंकले घटेको छ ।
नेप्सेका अनुसार कुल २२१ कम्पनीको कारोबार भएकामा २५ लाख ७४ हजार कित्ता सेयर ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँमा बिक्री भएको छ। कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । विकास बैंक समूहको उपसूचक ६०.७०, वित्त २८.१९, जलविद्युत २१.८६, जीवन बीमा ७६.२३, माइक्रोफाइनान्स ३५.४३, निर्जीबन बीमा ५६.२३, ट्रेडिङ समूहको उपसूचक २३.७९ अंकले घटेको छ ।
अभियान लघुवित्त, स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतका सेयरधनीले कमाए पनि अन्यले उल्लेख्य कमाउन सकेनन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असोज २०७९, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार
४८ अंक बढ्यो सेयर बजार
सेयर बजार २८ सय अंक नाघ्यो
सेयर बजार ५ अंकले बढ्यो
७४ अंक घट्यो सेयर बजार
१९ अंक बढ्यो सेयर बजार