काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रूपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५० वर्षीय मोहद् तसलिम छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलमा जाँच गर्ने क्रममा उक्त रकम भेटिएको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असोज २०७९, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ